मध्यविन्दुको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

  असार ०९, २०७९

नवलपुर, ९ असार : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कृषि र पर्यटनलाई प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख भीमलाल अधिकारीले आज दशौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको कृषि तथा पर्यटन विकाससँगैै नगर गौरवको आयोजनासम्मलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अधिकारीले मध्यविन्दु नगरपालिकाको कोल्हुवालाई कृषि तथा पर्यटकीय केन्द्र, वडा नं १३ र १४ लाई इको भिलेज तथा जडीबुटी उत्पादन केन्द्र, अरुणखोलालाई व्यापारिक केन्द्र तथा चोरमारालाई शैक्षिक तथा प्रशासनिक केन्द्रको रुपमा विकास गर्दै सबै वडालाई समृद्ध बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रत्येक वडामा दुई÷दुईजना अगुवा किसानलाई स्रोत किसानको रुपमा तालिम प्रदान गर्ने, कृषि एम्बुलेन्स सञ्चालन, कृषि पकेट र जोन कार्यक्रम, बीउबिजनमा आत्मनिर्भर नगर निर्माणको लागि अनुदान लगायतको कार्यक्रम समेटिएको अधिकारीले बताउनुभयो ।

नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दूधमा दिँदै आएको अनुदान रकमलाई शतप्रतिशत वृद्धि गरी प्रतिलिटर रु दुई पु¥याइएको छ भने उन्नत जातका पशुपालनको लागि विशेष कार्यक्रम समेटिएको अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका सबै कृषि तथा पशुसम्बन्धी प्राविधिकको प्रोफाइल तयार गरी किसानलाई प्राविधिकबाट घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाउने नगरप्रमुखले बताउनुभयो ।

कृषि उत्पादनको वृद्धिको लागि सबै स्थानमा सिँञ्चाइको सहज पहुँच पु¥याउने कार्यक्रम समेटिएको छ । नगरपालिकाको आर्थिक विकासको लागि उद्योग स्थापनाको वातावरण तयार गर्न नगरमा सम्भाव्य लगानीका क्षेत्रको पहिचान गरी लगानीको लागि नीजि क्षेत्रलाई आह्वान गर्ने कार्यक्रम समेटिएको छ । नगरपालिकाको नारायणी नदीतटीय क्षेत्रदेखि राकाचुँली क्षेत्रसम्मलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

होमस्टे ९घरबास० सञ्चालन, इको भिलेज, सांस्कृतिक कला केन्द्र स्थापनालगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । मध्यवर्ती क्षेत्रमा जीप सफारी, पहाडी क्षेत्रमा पदमार्ग निर्माण गर्ने योजना नगरपालिकाको नीति तथा कार्यक्रममा रहेको छ । नगरपालिकाको समग्र शैक्षिक विकासको लागि नगर शैक्षिक सुधार कार्यक्रम लागू गर्ने, कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सबै किसिमका पाठ््यपुस्तक निःशुल्क उपलब्ध गराउने कार्यक्रम शिक्षातर्फ समावेश गरिएको छ । असल अभिभावक कार्यक्रम, घर नै पहिलो पाठशाला, मेरो गुरु दक्ष गुरु, मध्यविन्दु छात्रवृत्ति कार्यक्रम, विद्यावारिधि गर्ने नगरवासीलाई रु ५० हजार अध्ययन अनुदान, शिक्षक, अभिभावक र विद्यार्थीलाई स्वदेश तथा विदेश शिक्षण भ्रमणलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्यतर्फ चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्ने, घरमा शून्य सुत्केरी कार्यक्रम, माझी मुसहर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिकाको दीर्घकालीन योजनामार्फत नगरको समग्र विकासको लागि नगर गौरवको आयोजना, वडा गौरवको आयोजना, नगर केन्द्रदेखि वडा केन्द्रसम्म पक्की सडक लगायतका कार्यक्रम पूर्वाधारतर्फ समेटिएको छ भने मध्यविन्दु ७, ८ र १० मा व्यवस्थित सहर र अन्य वडामा मोडल गाउँको अवधारणा नीति तथा कार्यक्रममा आएको छ । यस्तै गिरुबारी खोला र अरुणखोलामा तटबन्ध निर्माण गरी करिडोर निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका महिला तथा दलित जनजाति समुदायमा रहेको सीपलाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । महिला सीप विकास, अपाङ्गता भएका व्यक्तिको लागि विशेष कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, बालमैत्री नगर निर्माण, दलित उत्थान कार्यक्रम, जनजाति विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै, युवा स्वरोजगार, युवा स्वयंसेवक गठन कार्यक्रम समेटिएको छ भने नगरभित्रका विभिन्न रङ्गशालाको स्तरोन्नति, नियमित खेल सञ्चालन नीति तथा कार्यक्रममा आएको छ ।

विपद् व्यवस्थापनमा युवा स्वयंसेवक परिचालन, विपद् व्यवस्थापन कोष स्थापना, दीर्घकालीन तटबन्धको लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय कार्यक्रम नीति तथा कार्यक्रममा आएको छ । एक वन ः एक वन वाटिका, सामुदायिक वन विकासको साझेदार, गरिबी निवारण, फोहर व्यवस्थापन, खानेपानीको सुनिश्चितता, भूमिसम्बन्धी समस्या सामाधानलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

दशौँ नगरसभाका कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीेले नगरपालिकाको आगामी बजेटमार्फत जनताको अपेक्षा पूरा गर्नेतर्फ आफू क्रियाशील रहेको बताउनुभयो । मध्यविन्दु नगरपालिकाको दशौँ नगरसभा अन्तर्गत दोस्रो बैठक असार १० गते बस्ने छ । सो बैठकमा नगरपालिकाको बजेट प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जानकारी दिनुभयो । ––

तपाईको प्रतिक्रिया