‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

  असार ०८, २०७९

काठमाडौं, असार ८ : सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गर्नुभएको हाे ।

सुवर्ण थापाले निर्देशन गर्नुभएको फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखकलगायतकाे अभिनय छ । भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता सौगात मल्ल हुन् ।

तपाईको प्रतिक्रिया