अटलमान राई स्मृतिग्रन्थ विमोचन

  असार ०८, २०७९

काठमाडौँ, असार ८ : राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै राईले राजनीतिमा पु-याउनुभएको योगदानको कदर गर्नुभयो । स्वर्गीय राईको सम्झना गर्दै मन्त्री भुसालले जातीय तथा वर्गीय उत्पीडन घटाउन स्वर्गीय राईले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय राईकी धर्मपत्नी शोभा राई, सङ्गीतकार तथा गीतकार बुद्धवीर लामालगायतका व्यक्तिले स्वर्गीय राईको योगदानका साथै स्मृतिग्रन्थबारे चर्चा गर्नुभएको थियो । स्मृतिग्रन्थमा बाल्यकाल, समाजसेवा, राजनीति, व्यवसाय र विविध गरी ५२ लेखहरू समावेश छ ।

खोटाङ जिल्लाको टेम्मा, ज्यामिरे हालको दिप्रुङ चुइचुम्मा–०७ गाउँपालिकामा जन्मनुभएका स्वर्गीय राईले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याउनुभएको थियो ।

तपाईको प्रतिक्रिया