रुसले लिसिचान्स्कमा ’विपत्तिजनक विनाश’ मच्चाइरहेको छ : युक्रेन

  असार ०७, २०७९

कीभ, असार ७ : युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ । सो क्षेत्र कीभको सेना र मस्कोका सेनाहरू बीच  गत हप्तादेखि  भीषण लडाइँको केन्द्र  बनेको छ ।

“सेभेरोडोनेत्स्क औद्योगिक क्षेत्रमा लडाइँ र लिसिचान्स्कमा विनाशकारी विनाश,“ लुगान्स्क क्षेत्रीय गभर्नर सर्गी गैडेले सामाजिक सञ्जालमा विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले लेखेका छन् लिसिचान्स्कले अघिल्लो दिनदेखि भारी रूसी आक्रमणबाट पीडित भएको  छ र गैडेले भने कि सोमबार दिनभर जारी रहेको “भारी गोलाबारी“ मा एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ र दस आवासीय ब्लक र एक प्रहरी चौकी ध्वस्त भएको छ ।

“हामी पीडितहरूको अन्तिम सङ्ख्या निर्धारण गर्दैछौं, किनकि हिजो शहर भित्र सुरक्षित रूपमा जान लगभग असम्भव थियो,” उनले भने । युद्ध हुनु पूर्व करिब १ लाख जनसङ्ख्या भएको लिसिचान्स्क सेभेरोडोनेत्स्कको छेउमा छ जहाँ रुसी र युक्रेनी सेनाहरू शहरको नियन्त्रणको लागि भीषण लडाइँ लडिरहेका छन् ।

गभर्नर गैडेले सेभेरोडोनेत्स्कको एजोट केमिकल प्लान्टमा “भयङ्कर लडाइँ“ जारी रहेको बताए जहाँ सयौं नागरिकले आश्रय लिएको विश्वास गरिएको छ । उनले भने–  रूसी सेनालाई जुन २६ सम्म सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने जिम्मेवारी दिइएको छ तर तिनीहरूले यसलाई पाँच दिनमा नियन्त्रण सक्दैनन् ।

तपाईको प्रतिक्रिया