निरुका दुई कृति सार्वजनिक

  असार ०७, २०७९

काठमाडौँ, असार ७ : काभ्रेपलाञ्चोकको पनौतीका स्रस्टा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताउनु भयो । न्यौपानेको उपन्यासमा नेपालदेखि विदेशिएको अनुभव रहेको र लेखक आफैँ पनि विभिन्न देश पुगेर सङ्घर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएको चर्चा गरियो ।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव संवेदनाको कृति भएको बताउनु भयो । उपन्यास नेपाली महिलाको यथार्थ भएको भनाइ साहित्यकार तथा समीक्षक रेणुका सोलुको छ । यसैगरी, ‘सिरानीको तस्बिर’ गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया