पेरिस, असार ७ : संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थाल्नु भएको छ । संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल गर्नु भएको हो ।
उहाँले सोसलिस्ट र कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई भेटेर राजनीतिक निकासका लागि विभिन्न प्रस्तावहरू राख्नु भएको जनाइएको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनापछि उहाँले संसदमा बहुमत गुमाउनु भएको हो । अव देशको राजनीति नयाँ मोडमा जाने देखिएको छ ।
नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले दुई महिना अगाडि राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति म्याक्रोनको पूर्ण बहुमत गुमेको हो । सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानून र अव्यवस्थित गठबन्धन बारे प्रश्न खडा भएको टिप्पणी हुन लागेको छ ।