बार्सा, असार ७ : पोल्याण्डको सत्तारुढ दल “कानुन तथा न्याय पार्टी”का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको हो ।
उहाँले मङ्गलबार प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउदै आफू सरकारको कुनै पनि पदमा नरहेको स्पष्ट पार्नु भएको छ ।आफ्नो राजीनामा प्रधानमन्त्रीले स्वीकृति गरिसकेको र अव राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।
“अव सरकारमा रहिन, मैले प्रधानमन्त्री मातेउज मोराविस्कीलाई राजीनामा पत्र बुझाई सकेको छु,” उहाँले भन्नु भएको छ । उहाँ सन् २००३ देखि सो पार्टीको प्रमुख प्रभावशाली नेता रहँदै आउनु भएको थियो । सन् २००१ मा स्थापना भएको सो पार्टीको उहाँ सह संस्थापक हुनुहुन्छ ।
पोल्याण्डको राजनीतिमा उहाँलाई लामो समय लोकप्रिय नेताका रुपमा चिनिन्थ्यो भने उहाँको परिवार पनि प्रभावशाली राजनीतिक परिवार मानिन्छ । उहाँका जुम्ल्याहा लेच कास्जीन्स्कीको सन् २०१० मा निधन भएको थियो । उहाँको त्यतिबेला राष्ट्रपति भएकै बेला निधन भएको हो ।