लेवनानका प्रधानमन्त्रीसँग प्रधानसेनापति शर्माको भेट

  असार ०७, २०७९

काठमाडौं, असार ७ : लेवनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।

लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी  र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गर्नुभएको छ।

असार ४ गते लेवनान प्रस्थान गर्नुभएका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका प्रस्थान गर्नुहुनेछ। अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनुहुनेछ।

तपाईको प्रतिक्रिया