फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

  असार ०६, २०७९

मनिला, असार ६ : फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।

केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।

“अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भन्नुभयो । उहाँले अहिलेको तीब्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।

गत सन् २०२१ को सेप्टेम्बर र स्न २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उहाँले जानकारी दिनुभयो । एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उहाँका अनुसार सो दिन ३९ हजार ४ जना नयाँ सङ्क्रमित भएका थिए ।

अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया