इस्लामावाद, असार ५ : अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी सो मन्दिरमा हमला गरी निर्दाेष नागरिकको हत्या गर्ने काम निन्दनीय रहेको बताइएको छ । सो विज्ञप्तिमा आतङ्ककारी क्रियाकलापको निन्दा गर्दै यसमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि आग्रह गरिएको छ । साथै सो विज्ञप्तिमा पाकिस्तान सबै खाले आतङ्कवादको विरोध गर्दछ भन्दै पाकिस्तान अफगान जनताको साथमा रहेको बताइएको छ ।