राधा प्यारीमा गरिमा र प्रिन्सको अभिनय (भिडियो)

  असार ०४, २०७९


काठमाडौं, असार ४ :  गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत  रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ । किशोर थापाको मिक्सिङ गरेको गीतको भिडियोमा मोडल गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्सको जोडी जमेको छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा कोरियोग्राफीसमेत स्वयम् चौहानकै छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गर्नुभएको हो ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।