इलाम जिसस प्रमुखमा राई निर्वाचित

  असार ०४, २०७९

मङ्गलबारे, असार ४ : जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी हुनुभएको हो भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी हुनुभएको हो । प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गर्नुभयो

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३–१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका दुई उम्मेदवारले सात–सात मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसका पार्वती विकको सात मत आएको थियो । एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गर्नुभएको थियो । सदस्यमा एमालेका तीन उम्मेदवारले १२-१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बू र विष्णुप्रसाद भट्टराईले आठ–आठ मत प्राप्त गर्नुभएको थियो ।

जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । कांग्रेसले एक्लै मनोनयन गरेको थियो । एमाले र एकीकृत समाजवादीको गठबन्धनमा एमालेले प्रमुखसहित छ पदमा र एकीकृत समाजवादीले उपप्रमुख तथा दुई सदस्यमा उम्मेदवारी दिएको थियो ।

जिल्लाका १० स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २० मतदाता रहनुभएको थियो । २० मध्ये एमाले–एकीकृत समाजवादी गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ सात र जसपाका एक जना रहनुभएको थियो । यसअघि पनि सूर्योदय नगरको कार्यपालिका गठनमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

तपाईको प्रतिक्रिया