भारतको रेल दुर्घटनामा नेपाली युवकको मृत्यु

  असार ०३, २०७९

विर्तामोड, असार ३ : भारतको पानी टंयाकीमा रेल दुर्घटनामा हुँदा एक नेपाली युवकको मृत्यु भएको छ । नेपाल भारत सीमाको बजारस्थित पानी टंयाकी बोर्डरमा रेल दुर्घटनामा परेर मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार साँझ ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो पार गर्नेक्रममा रेलले ठक्कर दिँदा उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।  बिहारबाट सिलिगुडीतर्फ तीव्र गतिमा गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया