‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन सुरु

  असार ०१, २०७९

काठमाडौं, असार १ : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन  सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन  सकिएको हो ।

काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेशन्स शेन म्यानेजर रश्मी अग्रवालले जानकारी दिनुभयो।

अडिसनबाट छानिएका प्रस्तुति पर्दामा प्रदर्शन हुन भने बाँकी छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ ।

यस्तै, भोलीदेखि डिजिटल अडिसन  हुने अग्रवालले जानकारी दिनुभयो । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन  राखिएको हो ।

डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल superdancernepal@gmail.com मा पठाउन सक्ने आयोजकले जनाएको छ । यस बाहेक ९७७-९८०१७८५३५५० नम्बरमा ह्वाटएप वा भाइवर गर्न सक्ने बताइएको छ ।

फिजिकल अडिसन  दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन  दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तर हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ। आजबाट सुरु हुने डिजिटल अडिसन  असार ७ गतेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया