मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित

  असार ०१, २०७९

काठमाडौं, जेठ ३० : गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘मधुपर्क सम्मान २०७९’ गद्यतर्फ वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेत, पद्यतर्फ वरिष्ठ साहित्यकार गणेश रसिक र मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट साहित्यकार मोमिला जोशी सम्मानित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया