राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

  जेठ ३०, २०७९

संयुक्त राष्टसङ्घ, जेठ ३० : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ ।

साथै उहाँहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिनुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया