विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्यो

  जेठ ३०, २०७९

काठमाडौं, जेठ ३० : त्रिभुवन विश्वविद्यालयले शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसनअन्तर्गत विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुला गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा शैक्षिक सत्र २०७८-०७९ का लागि सातौं व्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवदेन फाराम भर्नाका लागि खुला गरेको हो ।

जेठ २९ गते देखि लागु हुने गरी भर्ना खुल्ला गरेको त्रिभुवन विश्वविद्यालयले सोमबार सूचना जारी गरेको छ । आवेदन फारम असार २४ गतेसम्म रहने सूचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया