युरोपेली संघकी प्रमुख युक्रेन भ्रमणमा

  जेठ २८, २०७९

किभ, जेठ २८ : युरोपेली संघकी प्रमुख उर्सुला भोनडेर लियनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गर्नु भएको छ । युरोपेली संघको सहयोगका बारेमा छलफल गर्न उहाँ युक्रेन आउनु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उहाँले शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गर्नु भएको छ । चाडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला संघका प्रमुख युक्रेन आउनु भएको हो । संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो ।

उहाँहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् । संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउदै आएको छ । तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया