झापा, २८ जेठ : झापाको सूर्योदय टेलिभिजनले सञ्चालन गरेको प्रदेश नं १ स्तरीय क्विज प्रतियोगितामा सङ्खुवासभाको बरुण मल्टिपल कलेज प्रथम भएको छ । प्रदेशभरका सय कलेजको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम भएको बरुले मल्टिपल कलेजले प्रमाणपत्रसहित रु ५० हजार पुरस्कार पाएको छ । अन्तिम चरणको प्रतियोगिता शुक्रबर राति सूर्योदय टेलिभिजनबाट प्रसारण गरिएको थियो । प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो र दमकको मोडल क्याम्पस तेस्रो भएको उक्त टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनालीले जानकारी दिनुभयो ।
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको टेलिभिजनले हरेक वर्ष प्रदेशको कलेजस्तरीय क्विज प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसपटकको प्रतियोागिता छैटौँ चरणको होे । प्रतियोगितामा दोस्रो र तेस्रो हुने कलेजले क्रमशः रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले पुरस्कार प्रदान गर्दै यस्ता प्रतियोगिताबाट विद्यार्थीहरुको अध्ययन र बौद्धिक क्षमता बढाउन योगदान पुग्ने बताउनुभयो ।
–––