हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने

  जेठ २५, २०७९

काठमाडौं, जेठ २५ : हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ । टड फिलिप्सको निर्देशनमा बनेको यो फिल्मको दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको हो ।

यस फिल्मलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । सन् २०१९ मा प्रदर्शनमा आएको जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो । यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनीत भएको थियो ।

तपाईको प्रतिक्रिया