‘मिस नेपाल वर्ल्ड’ : ‘ओपनिङ राउण्ड’मा ‘आईआईएफटी’को पहिरनमा

  जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात् असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीकाे पहिलो परिचय खुल्छ । त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ ।

यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो राउण्डमा ‘आईआईएफटी’बाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजाइनिङ पहिरनमा प्रस्तुत हुने भएका छन् ।

आईआईएफटी अर्थात् इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट गरेका १० जना फेसन डिजाइनरहमा पेशल खड्का, पम्फा श्रेष् मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगाना हुनुहुन्छ ।

डिजाइनरहरुले चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया