बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

  जेठ २३, २०७९

लन्डन, २३ जेठ  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।

हाल उहाँ अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उहाँप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उहाँले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उहाँले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया