विश्वभर मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी

  जेठ २१, २०७९

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ ।

सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग योन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन ।

सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’का उप निर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।” संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उहाँले बताउनुभयो ।

मङ्कीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् । साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग ९सङ्क्रमण० मे देखि यूरोपमा पनि भेटिएको थियो । त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ ।

क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् । यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो । सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ ।

तपाईको प्रतिक्रिया