‘लण्डन टु पेरिस’मा साम्राज्ञीको जोडी निश्चल

  जेठ २०, २०७९

काठमाडौं, जेठ २० : एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने ‘लण्डन टु पेरिस’मा निश्चल खड्का र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मीशाहसँगै देखिने भएका छन् ।

यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल हुनुभएको हो ।

घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेख्नुभएको छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन् ।

तपाईको प्रतिक्रिया