सञ्चारमन्त्री कार्की रुवान्डा प्रस्थान

  जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुन लागेको सम्मेलनमा सहभागी हुन उहाँ आज साँझ ७ बजे फ्लाई दुबईको उडानबाट रुवान्डा प्रस्थान गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडालगायत सहभागी हुनुहुन्छ ।

सम्मेलनमा सहभागी भई मन्त्री कार्की यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया