‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक

  जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीत डिपी खनाल र सदु खनालले संयुक्तरुपमा लेख्नुभएको हो । गीतमा शङ्कर थापा ‘स्माइल’ को सङ्गीत रहेको छ भने विश्व अधिकारीले सङ्गीत संयोजन गर्नभएको छ ।

‘मेरी सानी के गर्दै होलिन् ?, मेरी सानी कहाँ गइन् होली ?’, ‘म आउँदैछु घर फर्की लिई कोसेली’, ‘मेरी सानी भर्दै होलिन् पानी’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबिना थापाको अभिनय छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको भिडियोलाई हिमाल श्रेष्ठले छायाङ्कन गर्नुभएको हो ।

अर्जुन जिसीले सम्पादन गर्नुभएको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको छ । भिडियो ‘डश म्युजिक’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया