कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’

  जेठ २०, २०७९

जाजरकोट, जेठ २० : कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ । माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

पहिलो चरणमा १०० माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उहाँले बताउनुभयो ।
प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १०३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र ११० र बर्थिङ सेन्टर ३१८ छन् । त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३६१ र आयुर्वेद अस्पताल÷केन्द्र १८ छन् ।

तपाईको प्रतिक्रिया