पल शाहलाई थुनामा राख्न उच्च अदालतको आदेश

  जेठ १९, २०७९

पोखरा, जेष्ठ १९ : उच्च अदालत,पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलाशले बिहिबार सांझ उक्त आदेश सुनाएको हो । यसअघि तनहुँ र नवलपुर अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाह पक्षधर वकिलहरुले थुनाबाहिर रहेर मुद्धा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए ।

बिहिबार उच्चमा भएको सुनवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ नाबालिगको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले मात्रै बहस गरेका थिए।

पीडीतको पक्षमा यसअघि तनहुँ र नवलपुरमा बहस गरेका वकिलहरुले उनले बयान फेरेसँगै मुद्धाबाट हात झिकिसकेका छन् ।

तपाईको प्रतिक्रिया