शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल ?’

  जेठ १९, २०७९

काठमाडौं, जेठ १९ : गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ ।

गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत, कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको नृत्य एवं अभिनय देख्न सकिन्छ ।

रोइला गीतबाट ख्याती कमाउनुभएका शिरीषले एक वर्षको अन्तरमा आफ्नो स्वरमा नयाँ रोईला गीत सार्वजनिक गर्नुभएको हो ।

उहाँका ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । यस्तै, गीतको भिडियोलाई अजय रेग्मीले खिच्नुभएको हो भने दीपक विष्टले सम्पादन गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया