महारानीको छायामा राजकुमार चाल्र्सको बढ्दो सार्वजनिक भूमिका

  जेठ १८, २०७९

लण्डन, जेठ १८ :रानी हुनु खास्सा छ । महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी कसैलाई थाहा छैन जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन । तर ९६ वर्षीया महारानीले आफ्नो जेठो छोरा एवम् उत्तराधिकारी राजकुमार चाल्र्सलाई बढ्दो रूपमा प्रमुख भूमिका र थप जिम्मेवारी सुम्पनु भएको छ ।

राजकुमार चाल्र्सलाई राष्ट्रप्रमुखको प्रमुख भूमिका र थप जिम्मेवारी दिइएको गत महिना स्पष्ट भयो जब ७३ वर्षीय उहाँले आफ्नी धर्मपत्नी क्यामिलाका साथ राजाको सबैभन्दा महत्वपूर्ण कर्तव्य–संसद्को राजकीय उद्घाटनको अध्यक्षता गर्नुभयो ।

समयको प्रवाहसँगै सत्ता हस्तान्तरणको सङ्क्रमणले राजपरिवारले सामना गर्ने चुनौती चित्रण गरेको छ । झण्डै एक शताव्दीको वयमा पनि महारानी सिंहासनमा विराजमान हुनुहुन्छ तर राजकुमार चाल्र्स राजतन्त्रको अझ बढी सार्वजनिक अनुहार बन्नुभएको छ । बेलायतले यस साता महारानीले राजगद्दी सम्हालेको हीरक महोत्सव मनाउने क्रममा राजपरिवारलाई कहिलेकाहीं गलत ढङ्गले बुझिएको र उत्तराधिकारीका गतिविधिको बचाउ गर्न र विन्डसर राजप्रासाद जिवन्त रहने प्रस्तुति भइरहेका छन् ।

“राजतन्त्रको कुरा गर्दा चाल्र्स र क्यामिला भविष्यको लागि प्रश्न चिह्न हुन्” शाही इतिहासकार एवम् नेटफ्लिक्स शृङ्खला ‘द क्राउन’ का सल्लाहकार रोबर्ट लेसी भन्छिन् –हामी २० वर्ष पहिलेको राज्यमा छैनौं, जब चाल्र्सको सिंहासनमा आउने सम्भावनामा ठूलो चुनौती थियो । मलाई लाग्छ आज राजतन्त्र धेरै अश्वशक्तिको साथ ब्रिटिश स्नेहमा सवार छ … यो धेरै दशकदेखि थियो । महारानी एलिजाबेथका कारण यसो भएको हो, उहाँले आफ्नो २१ औं जन्मदिनमा आफ्नो सम्पूर्ण जीवन बेलायत र राष्ट्रमण्डलको सेवा गर्ने वाचा गर्नुभयो । महारानीले त्यो प्रतिज्ञा पूरा गर्ने मनसाय अद्यापि प्रस्तुत गर्नुभएको छ ।

महारानी र राजपरिवारका सामु उपत्पन्न समस्याहरूले उहाँलाई आफ्नो सार्वजनिक जीवनमा नगरी नहुने काम बढी चयनात्मक भएर गर्न र राजकुमार चाल्र्सका निम्ति ढोका खोल्न बाध्य तुल्याएको छ । उहाँले विगत तीन दशकदेखि अत्यधिक लोकप्रिय राजकुमारी डायनासँगको बिग्रेको वैवाहिक सम्बन्ध र त्यसका दुष्परिणमलाई हटाउने प्रयास गरिरहनुभएको छ ।

राजकुमार चाल्र्सलाई माफ गर्न बेलायतमा वर्षौं लाग्यो, राकुमारी डायनसँगको बेवफाइ र क्यामिलासँगको लामो समयको सम्बन्धले चाल्र्स–डायना सम्बन्ध तहसनहस भयो । ‘जनताकीे राजकुमारी’ भनेर चिनिने डायनाले जितेको जनताको मन उहाँका पतिले कहिल्यै त्यसो गर्न सक्नुभएन । पति चाल्र्ससँग छुट्टिएको पाँच वर्षपछि राजकुमारद्वय विललियम र ह्यारीकी आकर्षक एवं जवान आमा डायनाको सन् १९९७ मा पेरिस कार दुर्घटनामा मृत्यु भयो । सन् २००५ मा राजकुमार चाल्र्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेपछि उहाँप्रति जनसाधारणको मनस्थिति क्रमशः नरम हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया