पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्।
अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ुयुद्ध औजारुका लागि ूठूलो वित्तीय स्रोतू बन्द गरेको बताएका छन्। उनका भनाइमा यसले ूरुसलाई युद्ध अन्त्य गर्न अधिकतम दबावू दिएको छ।
उक्त प्रतिबन्ध ब्रसल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजको हिस्सा हो।त्यसमा सबै २७ सदस्य राष्ट्रले सहमति जनाएका थिए।युक्रेनी राष्ट्रपति पहिलो पटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा पुटिनलाई जेलेन्स्कीसँग ुसीधा गम्भीर वार्ताु गर्न आग्रह, के भन्छ रुस मिशेलका अनुसार ईयूले रुसको सबैभन्दा ठूलो ब्याङ्क र राज्यको स्वामित्वमा रहेका तीनवटा प्रसारकहरूलाई लक्षित गर्दै कडा प्रतिबन्धात्मक उपायहरू अपनाउने कुरालाई पनि स्वीकार गरेको छ। ईयू सदस्य राष्ट्रहरूले रूसी तेल आयात प्रतिबन्धसम्बन्धी आफ्नो मतभेद अन्त्यका लागि कैयौँ घण्टासम्म सङ्घर्षपूर्ण वार्ताहरू गरेका थिए।युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले सम्झौतामा पुग्ने अपेक्षा ूकमू रहेको बताएकी थिइन्।
युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले सम्झौतामा पुग्ने अपेक्षा ूकमू रहेको बताएकी थिइन् विशेषगरी उक्त प्रतिबन्धमा हङ्गेरीले मुख्य रूपमा असहमति जनाएको थियो। रुसी तेल आयातमा प्रतिबन्धको प्रस्ताव सुरुमा एक महिनाअघि युरोपेली आयोगले गरेको थियो। उक्त आयोगले सदस्य राष्ट्रहरूका लागि कानुनहरू बनाउने गर्छ। तर विशेषगरी हङ्गेरीको प्रतिरोधका कारण ईयूको पछिल्लो चरणको प्रतिबन्धलाई रोकेको थियो।
अन्य भूपरिवेष्ठित देशहरू स्लोभाकिया र चेक गणतन्त्रले पनि रुसी तेलमा निर्भरताका कारण थप समय माग गरेका थिए। ग्याजप्रोमद्वारा रुसी ग्यासबाट पहिले नै काटिएको बुल्गेरियाले पनि उक्त योजनाबाट बाहिरै बस्न चाहेको थियो।
तेल र ग्यासका लागि बिटकोइन स्वीकार गर्ने विचारमा रुस के कूटनीतिले रुस(युक्रेन युद्ध रोक्न सक्छरु युरोपभरि महसुस भइरहेको उच्च जीवनयापन खर्चले पनि त्यसलाई खासै मद्दत गरेको छैन। ऊर्जाको उच्च लागतलगायतका कारणले उक्त प्रतिबन्धले कतिपय युरोपेली देशहरूको आफ्नै अर्थतन्त्रमा पनि खराब असर पर्नसक्छ।
यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले सम्झौतामा पुग्ने अपेक्षा ूकमू रहेको बताएकी थिइन्। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ईयूलाई झगडा बन्द गर्न आग्रह गरेका थिए। बिबिसि बाट