आमिरको ‘लाल सिंह चड्डा’

  जेठ १७, २०७९

काठमाडौं, जेठ १६ : चलचित्र ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण राेकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।

ब्लकबस्टर चलचित्र ‘३ इडियट्स’ पछि ‘लाल सिंह चड्डा’ मा करिना र आमिरको जोडी जमेको छ । चलचित्रमा आमिर र करिनाकासाथै मोना सिंह र चैतन्य अक्किनेनीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र अगस्ट ११ तारिखमा रिलिज हुने भएको छ ।

तपाईको प्रतिक्रिया