हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणाले हेटौँडाबासीमा छायो खुसी

  जेठ १६, २०७९

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री जनार्दन शर्माको घोषणाप्रति हेटौँडावासी खुसी भएका छन् । विसं २०५७ देखि बन्द रहेको सो उद्योगलाई आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि अर्थमन्त्री शर्माले प्रस्तुत गरेका बजेटमा सो घोषणा गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै उनले बन्द रहेको उक्त कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने बताएका थिए । उद्योगबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेको व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरिएको बताइएको छ ।
बजेटमार्फत रुग्ण उद्योगलाई पुनःसंरचना गर्दै सार्वजनिक पदमा बसेका उक्त उद्योगबाट उत्पादित कपडा लगाउने व्यवस्था गर्नै घोषणा गरेको हो । करिब रु २० करोडमा स्थापना भएको सो उद्योगको अवस्था राम्रो रहे पनि लामो समयदेखि बन्द छ । साथै त्यहाँ सशस्त्र प्रहरी कार्यालय खडागरी बसिरहेको छ । यस सम्बन्धमा सो उद्योग सञ्चालनको घोषणा अत्यन्त सकारात्मक रहेको हेटौँडा औद्यौगिक क्षेत्रका प्रमुख राजेन्द्र कँडेलले बताए ।
अर्थमन्त्री शर्माले जनकपुर चुरोट कारखाना र गोरखकाली रबर उद्योगसहित अन्य रुग्ण उद्योग सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए ।
त्यस्तै अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने घोषणा सकारात्मक भएको र त्यसको निर्माणबाट ढुवानी खर्च बचत हुने अमलेसगञ्ज आयल निगमका प्रमुख प्रदीप यादवले बताए । हाल भारतको रक्सौलदेखि अमलेसगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालमा छ ।
–––

तपाईको प्रतिक्रिया