पेरिस, जेठ १६ : फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न सोमबार किभ जानलाग्नु भएको फ्रान्सेली विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मन्त्री कोलोनाले युक्रेनी जनतासँग फ्रान्सको ऐक्यबद्धता, मानवीय र आर्थिक दृष्टिकोणबाट रक्षा उपकरण आपूर्तिको सन्दर्भमा आफ्नो समर्थनलाई सुदृढ पार्ने पूर्ण दृढ संकल्प देखाउन किभ पुग्न लाग्नु भएकोे हो ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच गत शनिबार फोनवार्ता भएको थियो । उहाँहरुबीच खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपति जेलिन्स्किले बताउनु भएको छ ।
युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवद्र्धन गर्ने बारेमा समझ्दारी भएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी बताउनु भएको थियो ।
यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि एक अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।






