‘मोडल हन्ट नेपाल’को सातौं संस्करण सुरु

  जेठ १६, २०७९

काठमाडौं, जेठ १६ : ‘मोडल हन्ट नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ति जारी गर्दै सन् २०२२ को सातौं संस्करण संस्करणको लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

प्रतियोगिताको अडिसन असार ४ गतेदेखि साउन अन्तिम सातासम्म हुनेछ । फाइनल प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, -याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान रहेकाे छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया