‘म हराएँ मनमनैमा’ सार्वजनिक

  जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ ।

गीतमा गरिमा र दीपेशको अभिनय देख्न सकिन्छ । सुरज श्रेष्ठको एरेन्ज रहेको गीतमा सुब्रत आचार्यले भिडियोको निर्देशन गर्नुभएको हो । भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया