‘कबड्डी ४’ आजबाट प्रदर्शनमा

  जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म ‘कबड्डी ४’ आजबाट प्रदर्शनमा आएको छ । फिल्म आजबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई सैलेन्द्र डि कार्कीले खिच्नुभएको हो । फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ । त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गर्नुभएको हो ।

यसैबीच, यो फिल्मको बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियर गरिएको छ । भव्य प्रिमियरमा फिल्म क्षेत्रका चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक, पत्रकार, व्यापरिक क्षेत्रका मानिसहरुकाे उपस्थिति थियाे ।

यसपटक रामबाबुले ‘कबड्डी ४’लाई फाइनल म्याच भनेका कारण पनि आम मानिसको चासो फिल्मप्रति छ । निर्देशकले पनि फिल्मलाई विरकाजीको बिहेकै प्रसंग वरिपरी घुमाएका छन् ।

तपाईको प्रतिक्रिया