अनुप बरालको ‘दोख’ असार २४ मा

  जेठ १२, २०७९

काठमाडौं, जेठ ११ : अनुप बरालको निर्देशनमा बनेको  फिल्म ‘दोख’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी गराउनुभएको हो ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा राजन कटैतले लेख्नुभएको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ ।

शैलेन्द्र डी कार्कीको छायांकन गर्नुभएको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया