‘घनचक्कर’ को ट्रेलर रिलिज

  जेठ १०, २०७९

काठमाडौं, जेठ १० : सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र सङ्गम भट्टको लगानी छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायतलाई देख्न सकिन्छ । फिल्मको छायाङ्कन सुसन प्रजापतिले र सम्पादन मित्र डी गुरुङको छ । फिल्म आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया