टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

  जेठ १०, २०७९

अंकारा, जेठ १० : टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप टर्कीले यस विषयमा तयारी गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभए अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दाेगानले भन्नुभएको छ– हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ ।

टर्कीको उत्तरी क्षेत्रमा जहाँ टर्कीको सेनाको नियन्त्रण रहेको छैन सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उहाँले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएको हो– राष्ट्रपति एर्दाेगानले भन्न्नुभयो । सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोही जारी रहेको छ । सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया