बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले

  जेठ ०८, २०७९

बाँके, जेठ ८ : बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् ।

बाँसगढीको नौ वडामध्ये वडा नं २, ४ र ८ मा एमाले, वडा नं १, ३ र ६ मा नेकपा (माओवादीका केन्द्र) तथा वडा नं ५, ७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।

तपाईको प्रतिक्रिया