रुकुम (पूर्व)मा कार्यपालिका सदस्य निर्विरोध

  जेठ ०८, २०७९

रुकुम (पूर्व), जेठ ८ : रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् ।

सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै भूमेमा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ सुनकुमारी रोका, विमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध हुनुभएको छ । दलित तथा अल्पसङ्ख्यकतर्फ भागिलाल दमाईँ र चेतबहादुर कामी निर्विरोध हुनुभएको छ ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि चार महिला सदस्य गाउँ कार्यपालिका सदस्यमा निर्विरोध हुनुभएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध हुनुभएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया