मोटरसाइकल दुर्घटनामा मृत्यु

  जेठ ०८, २०७९

रामपुर, जेठ ८ : पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सराइबाट बाँसटारीतर्फ आउँदै गरेको लु७७प २१३२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा तिनाउ गाउँपालिका–५ मस्याम बस्ने अन्दाजी २२ वर्षीय योगेश रासकोटीको मृत्यु भएको हो ।

शनिबार राति ११ः३० बजे भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवारी गम्भीर घाइते भएका रासकोटीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो । उपचारका क्रममा रासकोटीको आज मृत्यु भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मोटरसाइकल चालक २४ वर्षीय जनक राना सामान्य घाइते रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया