सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित

  जेठ ०८, २०७९

सप्तरी, जेठ ८ : सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्कले जानकारी दिनुभयो ।

उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी हुनुभएको छ । श्रेष्ठले तीन हजार ७१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेवी सरदारले तीन हजार ६५४ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी रहेका हरेराम यादव र बेचनीदेवी सरदार गत निर्वाचनबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कूल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले दुईरदुई तथा कांग्रेस र लोसपाले एकरएक वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

लोसपाबाट वडा नं १ मा लीला यादव, २ बाट माओवादीका सरोजकुमार यादव, ३ बाट नेपाली कांग्रेसका अमर मुखिया, ४ बाट नेकपा (माओवादी केन्द्र) का छेदी इशर, ५ र ६ बाट जसपाका क्रमशः गङ्गाराम यादव र बद्रीनारायण सरदार वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

योसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । कांग्रेस जिल्लाको सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा (एस)ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया