‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियो

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : नायिका केकी अधिकारी गायक राजेश पायल राईसँग ‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियोमा प्रेमिल मुडमा देखिनुभएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ ।

वसन्त सापकोटाले सङ्गीत दिनुभएको गीतलाई गोपाल लोहारले लेख्नुभएको हो । सुदीप बरालले छायाङ्कन रहेको गीतमा अर्जुन जीसीले सम्पादन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया