‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : नेपाली युवाको साझा तथा सत्य कथा बोकेको गीत ‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक भएको छ । गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ ।

गीतले शैक्षिक बेरोजगार अनि स्वदेशमा बेरोजगारी समस्याले उत्पन्न गरेको परिस्थितिलाई देखाउँछ । गीतको भिडियोलाई सुरेश पाण्डेले निर्देशन र पञ्कज श्रेष्ठले सहनिर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया