बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै मन्त्रीलाई ज्ञापन

  जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै नेपाल विद्यार्थी संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई ज्ञापन बुझाएका छन् ।

नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशाेधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण संकलनमा सुधार गर्न मागसहित आइतबार विहान पत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) निवास हरिहरभवन, पुल्चोक पुगेर ज्ञापनपत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया