गायिका कपुर विवाह बन्धनमा

  जेठ ०८, २०७९

काठमाडौँ, वैशाख ८ : बलिउडको चर्चित गीत ‘बेबी डल’की गायिका कनिका कपुर विवाह बन्धनमा बाँधिनुभएको छ । कनिकाले आफ्नो पुरानो प्रेमी गौतमसँग लन्डनमा विवाह गर्नुभएको हो । कनिकाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दुलहीले विवाहमा पिङ्क रङको लेहेङ्गा लगाएको तस्बिर सार्वजनिक भएको छ भने उहाँले सुनचाँदीका गहना पनि प्रशस्तै लगाउनुभएको छ । त्यस्तै दुलाहा गौतमले क्रिम रङको शेरवानी लगाउनुभएको छ । दुवैको कपडा र ज्वेलरीसहितको विवाहको फोटो निकै आकर्षित देखिएको छ ।

तपाईको प्रतिक्रिया