अर्जुनसँग विवाह बन्धनमा बाँधिदै मलाइका

  जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : भारतीय अभिनेत्री मलाइका र अभिनेता अर्जुन कपुरले विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको जानकारी दिनुभएको हो ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार मलाइका र अर्जुनले परिवारका सदस्यबीच मात्र विवाह गर्ने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा मलाइका र अर्जुनको विवाहको खबरले निकै चर्चा पाएको छ ।

मलाइकाले केही समय अगाडि अभिनेता सलमान खानका भाइ अरबाज खानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो । उहाँहरुको एक छोरा पनि छन् । मलाइकाको अर्जुनसँग दोस्रो विवाह हो ।

तपाईको प्रतिक्रिया