हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु

  जेठ ०६, २०७९

चितवन, जेठ ६ : शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ । त्यस्तै १५ जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले शनिवार विहान सुचना जारी गरि शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा पुर्याएको क्षतिको जानकारी दिदै मृतक तथा घाइतेहरुको विवरण सार्वजनिक गरेको छ ।

हावाहुरीका कारण रुख ढल्दा भरतपुर– ११ भोजाड जङ्गल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ नं. को अटोलाई च्याप्दा अटोमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार उक्त घटनामा मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोल बस्ने ५१ वर्षीय को प्रदिपकुमार लामा र गोरखाको गण्डकी– ६ घरभई हाल भरतपुर– ७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङ रहेका छन् ।

सो घटनामा घाइते हुने सोही अटोमा सवार भरतपुर- ११ कै २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमाया गुरुङ चितवन मेडिकल कलेज उपचार भईरहेका प्रहरीले जनाएको छ ।

यस्तै हावा हुरीकै कारण ढलेको रुखले च्यापिएर भरतपुर ११ बसेनि चोकमा एक जनाको मृत्यु भएको छ । बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको अटोलाई रुखले किच्दा सवार भरतपुर–११ बस्ने ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

अहिले तिनै जनाको शव पोष्टमार्टमालागि भरतपुर अस्पतालमा राखिएको छ । यस्तै हावाहुरीकै रुख ढलेर च्यापिदा कारण १५ जना घाइते भएका छन् ।

रेडियोको टावर भाँचियो
चितवनको पहिलो रेडियो सिनर्जी रेडियोको एन्टेना टावर भाचिएको छ । रेडियोका प्रमुख रमाकान्त पौडेलले हावाहुरीले टावर भाँचिएर पुगेको क्षतिका कारण अहिले नियमित प्रसारण वन्द भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया